FLASH NEWS

निर्मला कुर्मीको न्यायका लागि धर्नारत अधिकारकर्मीहरूलाई भेटे गृहमन्त्री रवि लामिछानेले (फाेटाे फिचर)


नेपाल आवाज ३० पुष २०७९, शनिबार १८:४८ मा प्रकाशित २२८१ पाठक संख्या

नेपालगन्जकी निर्मला कुर्मीको अ’पहरण र बेपत्ता बनाइएपछि न्यायका लागि माइतीघर मण्डलामा धर्नारत अधिकारकर्मीहरूलाई गृहमन्त्री रवि लामिछानेले शनिवार भेट गरेका छन् । भेटका क्रममा गृहमन्त्रीले धर्नामा रहेका अधिकारकर्मी र आफन्तहरूलाई न्याय पाउनेमा ढुक्क हुन आग्रह गरे । यस विषयमा गृहमन्त्री हुनुभन्दा अघि पनि आवाज उठाएको र अब पनि निरिन्तर लागिरहेको उनले बताए । निर्माला कुर्मीको अ’पहरण र बेपत्ता बनाउने घटनामा राजनीतिकर्मी कै सम्लग्नाता रहेको आरोप छ । लामिछानेले जाेसुकैकाे सम्लग्नता भए पनि दाेषीलाई कारवाही गरेरै छाड्ने बताए ।