FLASH NEWS

पोखरामा बिमान दुर्घटनामा ज्यान गुमाउने ५ को सनाखत


नेपाल आवाज १ माघ २०७९, आईतवार १६:५५ मा प्रकाशित १६०९ पाठक संख्या

यति एअरलाइन्स दुर्घटनामा मृत्यु भएकामध्ये पाँच जनाको सनाखत भएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार  निशान्त आचार्य, संगीता शाही, लक्ष्मी पौडेल, सुशील श्रेष्ठ, र सदारत अलिमियाको सनाखत भएको छ । आइतबार बिहान साढे १० बजे यति एयरलाइन्सको जहाज पोखरामा दुर्घटनामा परेको थियो।


बिमान दुर्घटनाका ६४ शव पोखरा स्वास्थ्य प्रतिष्ठानमा: आइतबार बिहान भएको विमान दुर्घटनामा परी मृत्यु भएकामध्ये ६४ शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान राखिएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक प्रा.डा. भरतबहादुर खत्रीका अनुसार एक बच्चासहित ६४ जनाको शव अस्पतालमा रहेका छन । जस मध्ये पाँचको सनाखत भएको छ भने शव नचिनिने अवस्थामा रहेकाले पहिचान गर्न कठिनाई भईरहेको उनले जानकारी दिए ।

अस्पताल परिसरमा मृतकका आफान्त र नातेदारहरुको भीड लागेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार  निशान्त आचार्य, संगीता शाही, लक्ष्मी पौडेल, सुशील श्रेष्ठ, र सदारत अलिमियाको सनाखत भएको छ ।