FLASH NEWS

माेटरसाइकल दुर्घटनामा २ युवककाे मृत्यु


नेपाल आवाज २ माघ २०७९, सोमबार १०:५७ मा प्रकाशित ३४८१ पाठक संख्या

दाङमा आाज बिहानै भएको माेटरसाइकल दुर्घटनामा २ युवककाे मृत्यु भएको छ ! सर्रा साैडियार सडक खण्डमा आफैं चलाएको रा ५ प ९५१४ नम्बरको माेटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको हाे ! घाेराही १६ का २१ वर्षका सुशील चाैधरी र साेहि ठाउँका १८ वर्षका विवेक चाैधरीकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका DSP राजन गाैतमले जनाएका छन् ! मृतककाे शव पाेष्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घाेराहीमा राखिएको छ !


चीनद्वारा अन्तरिक्षमा रकेट प्रक्षेपण: चीनले १४ नयाँ उपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ । उत्तरी चीनको सान्सी प्रान्तको ताइयुआन भूउपग्रह प्रक्षेपण केन्द्रबाट ती रकेट प्रक्षेपण गरिएका हुन् । उपहहरु आफ्नो योजना बद्ध कक्षमा प्रवेश गरिसकेका प्राप्त विवरणहरुमा जनाइएको छ । प्रक्षेपण गरेका  उपग्रहले पृथ्वीको वस्तुस्थितिबारे जानकारी दिनेछन् । लङ मार्च रकेट शृंखलाअन्तर्गत चीनको यो ४६२ औँ अन्तरिक्ष अभियान हो ।