FLASH NEWS

अमेरिकी डलरको भाउ आज कति ?


नेपाल आवाज १७ माघ २०७९, मंगलवार १०:५० मा प्रकाशित २३१७ पाठक संख्या

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारको विनिमय दर सार्वजनिक गरेको छ।मंगलबार अमेरिकी डलरको भाउमा सामान्य परिवर्तन आएको छ ।


अमेरिकी डलर एकको खरिददर १३० रूपैयाँ १० पैसा र बिक्रीदर १३० रूपैयाँ ७० पैसामा कारोबार भइरहेको छ। अघिल्लो दिन यसको खरिददर १३० रूपैयाँ १४ पैसा र बिक्रीदर १३० रूपैयाँ ७४ पैसामा कारोबार भएको थियो।

आज युरोपियन युरोको मूल्य ४९ पैसाले बढेको छ। आज युरो एकको खरिदमा १४१ रूपैयाँ ९४ पैसा र बिक्रीमा १४२ रूपैयाँ ५९ पैसा कायम गरिएको छ। अघिल्लो दिन यसको खरिदमा १४१ रूपैयाँ ४५ पैसा र बिक्रीमा १४२ रूपैयाँ १० पैसामा कारोबार भएको थियो ।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६१ रूपैयाँ ५१ पैसा र बिक्रीदर १६२ रूपैयाँ २५ पैसा तोकिएको छ। अष्ट्रेलियन डलर एकको खरिदमा आज ९२ रूपैयाँ २९ पैसा र बिक्रीमा ९२ रूपैयाँ ७२ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने  ९ पैसाले घटेर यसको खरिददर ९७ रूपैयाँ ६८ पैसा र बिक्रीमा ९८ रूपैयाँ १३ पैसामा पाइन्छ।

कतारी रियाल एकको खरिदमा ३५ रूपैयाँ ५२ पैसा र बिक्रीमा ३५ रूपैयाँ ६८ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३४ रूपैयाँ ६६ पैसा र बिक्रीदर ३४ रूपैयाँ ८२ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३५ रूपैयाँ ४२ पैसा र बिक्रीमा ३५ रूपैयाँ ५८ पैसामा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा मंगलबार ३० रूपैयाँ ६६ पैसा र बिक्रीमा ३० रूपैयाँ ८० पैसा पाइन्छ।कुवेती दिनार एकको खरिदमा ४२६ रूपैयाँ २४ पैसा र बिक्रीमा ४२८ रूपैयाँ २० पैसा पाइन्छ। त्यसैगरी, बहराइन दिनार एकको खरिददर ३४५ रूपैयाँ ८ पैसा र बिक्रीदर ३४६ रूपैयाँ ६७ पैसा तोकिएको छ