FLASH NEWS

ससुरालीबाट फर्किंदै गर्दा भिरबाट लडेर एक जनाको मृत्यु


नेपाल आवाज १९ माघ २०७९, बिहीबार ११:४६ मा प्रकाशित २०८३ पाठक संख्या

जाजरकोटमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । कुशे गाउँपालिका वडा नम्बर ४ तप्तीका अन्दाजी ३१ वर्षीय अम्मरबहादुर शाहीको ससुरालीबाट फर्किंदै गर्दा भिरबाट लडेर मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । उनी भिरबाट करिब २०० मिटर तल खसेका थिए ।


कञ्चनपुरमा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रुको मृत्यु: कञ्चनपुरमा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ । जिल्लाको पुनर्वास नगरपालिका–२ मोतिबस्तीमा म.२ प ९८६० नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री महात्मा चौधरीको मृत्यु भएको हो ।

बेलौरी नगरपालिका–५ का ५० वर्षीय चौधरीलाई सोमबार मोटरसाइकलले ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते चौधरीलाई पुनर्वास पोलिक्लिनिक अस्पतालमा पुर्‍याइएको थियो ।

तर त्यहाँ उपचार संभव नभएपछि मायामेट्रो अस्पताल धनगढीमा भर्ना गरिएको थियो । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते चौधरीको आज (बुधबार) दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।