FLASH NEWS

४२ वर्षीय भण्डारीले ७ वर्षीया छोरीको ह’त्यापछि आ’त्मह’त्या….


नेपाल आवाज २२ माघ २०७९, आईतवार ०७:५१ मा प्रकाशित २६९५ पाठक संख्या

काठमाडौंको नयाँ बानेश्वरमा शनिबार साँझ दुई जनाको शव फेला परेको छ । मृत भेटिनेमा रामेछापको खाँडादेवी स्थायी घर भइ काठमाडौंमा फार्मेसी सञ्चालन गर्दै आएका ४२ वर्षीय किशोर भण्डारी र उनकी सात वर्षीया छोरी रहेका छन् ।छोरीको घाँटी रे’टेर ह’त्या भएको अवस्थामा र किशोर पासो लगाएको अवस्थामा भेटिएकाले किशोरले नै छोरीको ह’त्यापछि आ’त्मह’त्या गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ । उनी पुरानो बानेश्वरस्थित टंकप्रसाद मार्गमा बस्दै आएका थिए । घटनास्थल पुगेर प्रहरीले अनुसन्धान थालिरहेको जनाएको छ ।


नेकपा एसको केन्द्रिय समिति बैठक आज पनि: नेकपा एकीकृत समाजवादीको पाँचौ केन्द्रिय समिति बैठक आज पनि जारी रहने भएको छ ।

काठमाडौमा सुरु भएको सो पार्टीको केन्द्रिय समिति बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन तथा महासचिव बेदुराम भुषालले पेश गरेको सांगठनिक प्रतिवेदन पेश गरेका थिए ।  अध्यक्ष नेपाल, महासचिव भुषालगायतले पेश गरेको प्रतिवेदन माथी केन्द्रिय सदस्यहरुले आ–आफनो धारणा राख्ने क्रम जारी छ । बैठक आजसम्म पनि चल्नेछ ।