FLASH NEWS

नेपाल प्रहरीले भान्छे, कुचिकारलगायत पदमा कर्मचारी माग्यो


नेपाल आवाज २७ माघ २०७९, शुक्रबार ०९:१० मा प्रकाशित १३४५ पाठक संख्या

काठमाडौं, २७ माघ। नेपाल प्रहरीले रिक्त पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ । नेपाल प्रहरीका अनुसार कार्यालय सहयोगी रिक्त पदमा पदपूर्ति गर्नु परेकाले आवेदन आह्वान खुल्ला गरिएको हो ।  भान्छे, हजाम, सिलाई, बुनाई र कुचिकारलगायतका पदमा आवेदन माग गरिएको हो । फागुन १ गतेदेखि ३० गतेसम्म आवेदन दिन सकिने प्रहरीले जनाइएको छ।