FLASH NEWS

कोरोना संक्रमित तीनजना थपिए, एक संक्रमणमुक्त


नेपाल आवाज २७ माघ २०७९, शुक्रबार १५:४२ मा प्रकाशित २०११ पाठक संख्या

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर तीनजना कोरोनाका संक्रमित थपिएका छन् । एक हजार ८५ वटा नमूना परीक्षण गर्दा तीनजनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आज एकजना संक्रमणमुक्त भएका छन् । देशभर अहिले ६ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।