FLASH NEWS

कोरोनावाट अहिलेसम्म नेपालमा १२ हजार २० जनाको मृत्यु


नेपाल आवाज २८ माघ २०७९, शनिबार ०७:५८ मा प्रकाशित १३७५ पाठक संख्या

काठमाडौं । कोरोना भाईरस संक्रमणवाट  अहिलेसम्म नेपालमा १२ हजार २० जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालया अनुसार ६० लाख ७ हजार १ सय ३७ जनाको पिसिआर परिक्षण गरिएको छ भने एन्टिजेन १५ लाख २ हजा ५ सय ७६ जनाको गरिएको छ ।


अस्पतालमा आएका मध्ये ९८  लाख ९ हजार ८७ जना उपचार निको भाई घर फर्केका छन । खोप अभियान सुरु भए देखी अहिलेसम्म ५ करोड ३५ लाख ६ हजार २ सय ७ खोप लगाईसकिएको छ ।

उता, हिजो मात्र देशभर तीनजना कोरोनाका संक्रमित थपिएका थिए । एक हजार ८५ वटा नमूना परीक्षण गर्दा तीनजनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार एकजना संक्रमणमुक्तसमेत भएका छन् ।

देशभर अहिले ६ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जानकारी दिएको छ ।