FLASH NEWS

श्री एयरलाइन्सको विमानबाट सांसद भण्डारीलाई भारत लैजाने


नेपाल आवाज ४ फाल्गुन २०७९, बिहीबार १४:४७ मा प्रकाशित १५०७ पाठक संख्या

काठमाडौं । खाना पकाउने ग्यास सिलिन्डर विस्फोटबाट घाइते भएका नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीलाई थप उपचारका लागि भारत लगिने भएको छ ।  बिहीबार दिउँसो २ बजे श्री एयरलाइन्सको विमानबाट उनलाई थप उपचारका लागि मुम्बईस्थित नेशनल बर्नस् सेन्टरमा लैजान लागेको हो । हाल कीर्तिपुरस्थित क्लिफ्ड एण्ड बर्न सेन्टरमा उपचाररत सांसद भण्डारीलाई थप उपचारका लागि चिकित्सकको टोलीसहित भारत लैजान लागिएको हो ।  बुधबार राति खाना पकाउने सिलिन्डर विस्फोट हुँदा सांसद भण्डारी र उनकी आमा हरिकला भण्डारी घाइते भएका थिए । तर, बिहीबार बिहान उपचारकै क्रममा आमा हरिकलाको निधन भएको छ ।