FLASH NEWS

डढेलोले एकै व्यक्तिको दुई घर जले


नेपाल आवाज ४ फाल्गुन २०७९, बिहीबार १६:५६ मा प्रकाशित १२७३ पाठक संख्या

खोटाङ  । खोटाङमा डढेलो ले एकै व्यक्तिको दुई घर जलेको छ । सामुदायिक वनमा लागेको डढेलो ले हलेसी तुवाचुङ नगरपालिका – ५ दुर्छिम डाँडाखर्कका बकसे बस्नेतको दुई वटा घर र एउटा गुवाली जलेको हो ।


स्थानीय आमकासुकसे सामुदायिक बनमा लागेको डढेलो घर जल्दा बस्नेतको १० लाख बराबरको क्षती भएको खोटाङका डिएसपी मञ्जिल मुकारुङले बताए ।

डढेलोको आगो हावाहुरीले उडाएर छानामा पुर्‍याए पछि बुधबार साँझ घर जलेको हो । आगोले दुई घरमा भएको लत्ताकपडा, भाडा वर्तन, अन्नपात, नगद एक लाख, चार तोला सुन, दुई तोला चाँदी, गुवाली मा राखिएको गाईको एउटा बाछी र एउटा १ वटा बाख्रा जलेको प्रहरीले जनाएको छ ।