FLASH NEWS

करिष्माको चरित्रह’त्या गरेको आरोपमा युटयबुर डिल्लीराम पक्राउ


नेपाल आवाज ५ फाल्गुन २०७९, शुक्रबार १२:४३ मा प्रकाशित १८७९ पाठक संख्या

काठमाडौं, ३ फागुन ।  चलचित्रकर्मी तथा एमाले नेता करिश्मा मानन्धरको चरित्र ह’त्या गरेको आरोपमा एक जना युटबुरलाई प्रहरीले पक्राउ गरेको छ । केही साता अघि युट्यूवमा अभिनेत्री मानन्धरको विषयमा ‘अनाबश्यक’ बोलेको तथा चरित्रमाथी प्रश्न उठाउँदै अभिव्यक्ति दिएको अभियोगमा युटयुबर खनाल पक्राउ परेका हुन् । केन्द्रीय साइबर ब्युरोका एसपी पशुपति रायका अनुसार माघ अन्तिम साता मानन्धरले आफूविरुद्ध जथाभाबी बोलेको भन्दै ब्युरोमा उजुरी हालेकी थिइन्। सो उजुरीका आधारमा उनलाई काठमाडौँबाट पक्राउ गरेर थप अनुसन्धान सुरु गरिएको हो ।