FLASH NEWS

जंगली हात्तीकाे आक्रमणमा एककाे मृत्यु


नेपाल आवाज १२ फाल्गुन २०७९, शुक्रबार ०९:३५ मा प्रकाशित १३२१ पाठक संख्या

मकवानपुर । जंगली हात्तीको आक्रमणमा परी मकवानपुरमा पुनः एक जना पुरुषको मृत्यु भएको छ । बकैया गाउँपालिका –५, पावसका ५० वर्षीय सन्तलाल माझीको हात्तीको आक्रमण बाट मृत्यु भएको हो ।


प्रहरीका अनुसार बिहीबार राति ९ बजेको समयमा घर नजिकै बाख्रा खोरमा जाँदै गरेका माझी हात्तीको आक्रमणमा परी घाइते भएका थिए । जिल्ला प्रहरी कार्यालय मकवानपुरकाका अनुसार हेटौंडा अस्पताल मा उपचार को क्रममा राति ११ बजे उनको मृत्यु भएको हो ।

सो घटना पछि बाग्मती प्रदेशका सांसद इन्द्र बानियाँले भनेका छन, ‘हात्ती नियन्त्रण, सुरक्षा र राहत कार्य यथाशिघ्र अघि बढाउन निकुन्ज, प्रशासन, सुरक्षा निकाय र स्थानीय तह संग अनुरोध गर्दछु ।