FLASH NEWS

कमल राईको ‘के छ त्यस्तो’मा अभिनेत्री करुणा श्रेष्ठ


नेपाल आवाज १४ फाल्गुन २०७९, आईतवार १२:२५ मा प्रकाशित १६२७ पाठक संख्या

काठमाडौं । गायक कमल राईको ‘के छ त्यस्तो’ बोलको गीतमा नायिका तथा मोडल करुणा श्रेष्ठ समाजसेवीको भूमिकामा देखापरेकी छिन् ।


भिडियोमा करुणासँगै गायक राईको पनि अभिनय देख्न सकिन्छ । करुणाको सामाजिक कर्म, सहयोगी भावना र सफा मन देखेर कमलले गरेको एकतर्फी प्रेमलाई भिडियोमा देखाइएको छ ।  गायक कमलकै शब्द, संगीत तथा एरेन्जमा तयार के छ त्यस्तोको छायांकन र सम्पादक विनोद याक्ख्याले गरेका हुन् ।

जसको प्रोडक्सन म्यानेजर बुद्धि तामाङ हु्न् । लामो समयदेखि अमेरिकामा बस्दै आएका गायक राईले आफ्नै निर्देशनमा ३ दर्जन बढी भिडियो बजारमा ल्याइसकेका छन् । सार्वजनिक भिडियो काठमाडौँ आसपासका रमणीय क्षेत्रहरुमा  छायांकन गरिएको हो ।

जसको निर्माण नक्षेत्र फाउडेसनले गरेको हो । सामाजिक काममा सक्रिय नक्षेत्र फाउडेसनले गरिब, असहाय र निमुखा बालबालिकाहरुको शक्षा र स्वास्थ्यको क्षेत्रमा काम गर्दै आइरहेको छ । भिडियाे लिंक : https://youtu.be/2OWGMzs2zRg