FLASH NEWS

टर्कीमा पुनः भुकम्प, उद्धार र राहतमा कठिनाई


नेपाल आवाज १६ फाल्गुन २०७९, मंगलवार ०७:४२ मा प्रकाशित १४१७ पाठक संख्या

इस्तानाबुल, १५ फागुन ।पूर्वी टर्कीमा पुन सोमबार आएको ५.६ म्याग्निच्युडको भूकम्पमा परी थप एकजनाको मृत्यु भएको छ । सो भुकम्प मा परी ६९ जना घाइते भएको टर्कीको विपद् तथा आपतकालीन व्यवस्थापन प्राधिकरणले जनाएको छ ।सिएनएनका अनुसार दुई हप्ता अघि आएको विनाशकारी भूकम्पमा परी ४४  हजार भन्दा बढी मानिसको ज्यान गएको थियो । लगतार आएको भुकम्प र पराकम्पका कारण उद्धार र राहत वितरणमा समस्या भईरहेको टर्की सरका रले जनाएको छ ।