FLASH NEWS

एउटै रुखमा झु’न्डिएको अवस्थामा महिला र पुरुषको शब फेला


नेपाल आवाज १८ फाल्गुन २०७९, बिहीबार ११:४८ मा प्रकाशित १३७५ पाठक संख्या

धनगढी, १८ फागुन । एउटै रुखमा झु’न्डिएको अवस्थामा कैलालीमा महिला र पुरुषको शव भेटिएको छ ।


कैलारी गाउँपालिका–७ बसन्ताको खरौला सामुदायिक वन क्षेत्रमा सोही ठाउँका ५८ वर्षीया गेदुराम दास र ४५ वर्षीया ललितादेवी चौधरीको शव एकै ठाउँमा झु’न्डिएको अवस्थामा भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदिप चन्दका  अनुसार बुधबार साँझ ५ बजे उनीहरू दुवै जना सामुदायिक वनको एउटा रुखमा झुन्डिएको अवस्थामा मृत भेटिएको हुन ।

डीएसपी चन्दका अनुसार उनीहरू दुवै जना छिमेकी हुन् । बालबालिकाहरूले दुवै जना रुखमा झु’न्डिएको अवस्थामा देखेपछि स्थानीयलाई खबर गरेका थिए । के कारणले दुबै जना रुखमा झु’न्डिएका हुन ? त्यसवारे केही नखुलेको प्रहरीले जनाएको छ ।

दुबैको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।