FLASH NEWS

अस्मिता अधिकारीको ‘मुखै चिलाउनी’मा पुष्प र गीता


नेपाल आवाज १९ फाल्गुन २०७९, शुक्रबार १२:४० मा प्रकाशित १४९५ पाठक संख्या

काठमाडौँ । गायक रमण रेग्मी र गायिका अस्मिता अधिकारीको स्वर रहेको मुखै चिलाउनी बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।


दीपक शर्माको शब्द तथा संगीत रहेको सार्वजनिक गीतमा नरेन्द्र बियोगीको एरेन्ज रहेको छ । केशव राज भट्टको कोरियोग्राफी तथा निर्देशनमा तयार  मुखै चिलाउनी एक प्रेमील जोडीको रोमान्टिक प्रेम कहानी हो हो ।

प्रेममा डुबेर खुशी खुशी जिन्दगी बिताउन चहाने प्रेमील जोडीको छमछम नचाउने गीतको कोरियोग्राफी पनि निर्देशक भट्टले नै गरेका हुन् । जसमा  नायक तथा मोडल पुष्प खड्का र टिकटकबाट चर्चा कमाएकी सुन्दरी मोडल गीत ढुंगानाको प्रेम रोमान्स देख्न सकिन्छ ।

काठमाडौंको कोटेश्वरका रमणले यसअघि  घर त लगनखेल रिमेक, खुला जमिन, मेसो पाछैन, हामी जनतालाई धेरै गाह्रो छ, नेपालै जाउँ जाउँ लाग्छ, लगायतका गीतका भिडियोहरु बजारमा ल्याइसकेका छन् । सार्वजनिक  भिडियोको निर्माण सविना कुँवर रेग्मीले गरेकी हुन् ।

भिडियाे लिंक : https://www.youtube.com/watch?v=7luy1uaqVxs