FLASH NEWS

‘कतै म हराएँकी’ मा टिकटक स्टार मिस पवी र उमेश


नेपाल आवाज ३० फाल्गुन २०७९, मंगलवार १२:१४ मा प्रकाशित २३२३ पाठक संख्या

काठमाडौं ।  ‘कतै म हराएँकी’ बोलको गीतको भिडियो रिलिज गरिएको छ । जसमा  गायक सुमन केसी र गायिका अनु चौधरीको स्वर रहेको छ ।


विष्णु भण्डारीका शब्द, सरोज पोखरेलको संगीत रहेको सार्वजनिक गीतमा टिकटक स्टार मिस पवी र उमेश भट्टको रोमान्टिक अभिनय देख्न सकिन्छ  ।

भिडियोमा एक प्रेमिल जोडीको रोमान्टिक प्रेम कहानीलाई निर्देशक उमेश भट्टले  कलात्मकशैलीमा देखाएका छन् । जसको कोरियोग्राफी राजिव समरले गरेका हुन् ।

सुप्रिम पराजुलीको सम्पादन, अनिल के मानन्धरको छायांकन रहेको गीतमा दिवेश राईको एरेन्ज, चन्द्र चौधरीको मिक्सिङ र मास्टरिङ रहेको छ । युवा उद्यमीसमेत रहेका मोडल उमेशले सान्बाबु, लुकिछिपी, लगायतका भिडियोमा अभिनय गरिसकेका छन् । उमेशले भोजपुरी फिल्म प्रेम गीतमा पनि शीर्ष भूमिकामा काम गरिसकेका छन् ।

भिडियाे लिंक : https://www.youtube.com/watch?v=yKFdPCQBx7c