FLASH NEWS

नेपाली सेनाका ३३ सुवेदार सहायक सेनानीमा बढुवा (सूची)


नेपाल आवाज ३ चैत्र २०७९, शुक्रबार २०:०२ मा प्रकाशित २०४७ पाठक संख्या

काठमाडौँ- नेपाली सेनाका ३३ जना प्रमुख सुवेदार र सुवेदारहरु सहायक सेनानीमा बढुवा भएका छन्। उनीहरुलाई जंगी अड्डामा प्रधानसेनापति प्रभुराम शर्माले शुक्रबार दर्ज्यानी चिह्न प्रदान गरेका छन्। सैनिक प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीका अनुसार बढुवा भएका मध्ये २७ जनालाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ। बाँकी ६ जना भने शान्ति सेनामा खटिएका छन्। सैनिक सेवा नियमावली २०६९ अनुसार नेपाली सेनामा साधारण सेवातर्फ रिक्त सहायक सेनानीमा पदपूर्ती गर्दा ७० प्रतिशत खुल्ला, २० प्रतिशत आन्तरिक प्रतिस्पर्धा र १० प्रतिशत बढुवाद्वारा पदपूर्ती गर्नुपर्ने व्यवस्था छ।
को–को भए बढुवा सूची हेर्नुहोस् :