FLASH NEWS

फुपुकी छोरीलाई यौ’न दु’र्व्यवहार गरेको आरोपमा किशोर पक्राउ


नेपाल आवाज ६ चैत्र २०७९, सोमबार १३:०९ मा प्रकाशित १५१९ पाठक संख्या

पोखरा, ६ चैत । फुपूको छोरीलाई यौ’न दु’र्व्यवहार गरेको आरोपमा पोखराका एक किशोर पक्राउ परेका छन् ।  १४ वर्षीया बालिकाका परिवारको जाहेरीपछि बाल यौ’न दु’र्व्यवहारको आरोपमा किशोर पक्राउ परेका हुन ।


किशोरीले आफूमाथि मामाको छोराबाट यौ’न दु’र्व्यवहार भएको भन्दै दुई दिनअघि टिकटकमार्फत घटना सार्वजनिक गरेकी थिइन् । आइतवार पक्राउ परेका किशोरलाई कास्की जिल्ला अदालतबाट म्याद थप गरी बाल निगरानी कक्षमा राखिएको छ ।

किशोरीले टिकटकमार्फत आफू मामाको घरमा गएर बस्दा मामाको छोराले पटकपटक यौ’न दु’र्व्यवहार गरेको जनाएकी थिइन । उनका अनुसार मामा माइजुलाई भन्दा उल्टै  गाली गरेको र मामाको छोराले आफूलाई ज्यान मार्ने ध’म्कीसमेत दिएका थिए । जसका कारण आफुले नाडी काटनु परेकाे तथार आ’त्मह’त्याको सोचसमेत आएको उनले टिकटकमार्फत सार्वजनिक गरेकी थिइन ।

टिकटकमार्पफत सो घटना सार्बजनिक भएपछि किशोरीको परिवारको जाहेरीको आधारमा किशोरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी श्रवणकुमार विकले जानकारी दिए । उनका अनुसार अदालतबाट म्याद थप भएका किशोर माथी अनुसन्धान कार्य अगाडि बढाएईएको छ ।

दुबै किशोर भएकाले प्रहरीले औपचारिक रुपमा भने नाम भने सार्वजनिक गरेको छैन ।