FLASH NEWS

राजेन्द्र लिङदेन भन्छनः हेर्दाहेर्दै मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ?


नेपाल आवाज ८ चैत्र २०७९, बुधबार ०९:०५ मा प्रकाशित २५३९ पाठक संख्या

काठमाडौं, ८ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले जनताको मुख थुन्ने भन्दा माग पुरा गराउन सुझाव दिएका छन् ।


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उपस्थित वानेश्वरको एक कार्यक्रममा आक्रोशित युवाले नाराबाजी गरे पछि प्रहरीले मुख थुनेको घटना लाई लिएर अध्यक्ष लिङदेन ले सो सुझाव दिएका हुन ।

‘हेर्दा हेर्दै मान्छेको मुख थुन्नु पर्ने कस्तो दिन आयो ? प्रधानमन्त्री ज्यू, चाँडो भन्दा चाँडो बैंक तथा वित्तीय संस्थाहरू को ब्याज घटाउनु होस, युवालाई देश भित्रै रोजगारीको अवसर सिर्जना गर्नुहोस् ,जो सम्भव छ,’ लिङदेनले टविट गर्दैै भनेका छन, ‘अन्यथा मुख थुनेर त, के बन्दुक ले पनि आवाजहरू थुनिन्नन, जो तपाईं स्वयमलाई थाहा छ।’