FLASH NEWS

बाघको आक्रमणबाट एक महिलाको मृत्यु


नेपाल आवाज ११ चैत्र २०७९, शनिबार ०७:२३ मा प्रकाशित २३२९ पाठक संख्या

नेपालको कैलाली-कंचनपुरसंग सीमा जोडिएको दुधवा नेसनल पार्क भित्र बाघको आक्रमणबाट एक नेपाली महिलाको मृत्यु भएको छ ।


शुक्रबार बिहान दुधुवा नेशनल पार्कमा मेलापातका लागि गाउँका स्थानीयसंग गएकी कंचनपुको पुनर्वास नगरपालिका- १० मदनटोलकी अन्दाजी वर्ष ३२ वर्षीया कलसा सार्कीमाथि बाघले आक्रमण गरेको हो ।

मेलापातका लागि गएका बेला बाघले आक्रमण गरेर महिलाको मृत्यु भएको इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीका प्रहरी निरीक्षक नरेशराज मल्लले बताए ।

उनको शव भारत तर्फको वन क्षेत्र एसएसवी क्याम्प कुवा नम्बर ८ को पुर्व क्षेत्रमा भेटिएको कुण्डा सवडिभिजन वन कार्यालय पचकडिया, कञ्चनपुरका प्रमुख सहायक वन अधिकृत दिनेशकुमार यादवले जानकारी दिए। सार्कीसंग अन्य महिला भने बाघको आक्रमणबाट भागेर बच्न सफल भएका छन् ।

भारतीय प्रहरीले घटनाको मुचुल्का बनाई कागजी प्रकृया पुगाएर नेपाल प्रहरीको जिम्मा लगाएको छ ।