FLASH NEWS

एकैदिन ४२ जनामा कोरोना संक्रमण


नेपाल आवाज १६ चैत्र २०७९, बिहीबार १७:३० मा प्रकाशित १५८५ पाठक संख्या

काठमाडौं, १६ चैत । पछिल्लो २४ घण्टामा ४२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार अपरान्ह सार्वजनिक गरेको विवरणअनुसार ९१५ नमुना परीक्षण गर्दा ४२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।  ३०० पीसीआर परीक्षण गर्दा ३७ जनामा र ६१५ एन्टिजेन परीक्षण गर्दा पाँचजनामा कोरोना संक्रमण पुष्टि भएको हो । साथै पछिल्लो २४ घण्टामा १७ जना कोरोनाभाइरस संक्रमणमुक्त हुँदा ४१ हजार ४०९ जनाले कोरोनाविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ ।  सक्रिय संक्रमितको संख्या १२३ रहेको छ ।