FLASH NEWS

मोदी इनर्जीको आईपीओ बाँडफाँट


नेपाल आवाज १९ चैत्र २०७९, आईतवार १२:४० मा प्रकाशित १५२५ पाठक संख्या

काठमाडौं, १९ चैत  । मोदी इनर्जी कम्पनी लिमिटेडले निष्काशन गरिएको आईपीओ बाँडफाँट गरेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरु का लागि उक्त आईपीओ फागुन २५ गते देखि चैत्र ९ गते सम्म जारी गरेको थियो ।


कम्पनीका अनुसार तोकिएको समयभित्र रितपूर्वक आवेदनलाई आवेदकहरू मा आईपीओ बाँडफाँट गरिएको छ । कम्पनीले आफ्नो जारी पुँजीको १५ प्रतितश अर्थात ४३ करोड ५० लाख रुपैयाँ बराबरको १०० रुपैयाँ अंकित दरका ४३ लाख ५० हजार कित्ता साधारण सेयर मध्ये १० प्रतिशत अर्थात ४ लाख ३५ हजार कित्तामा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बाँडफाँट गरिएको कम्पनीले जनाएको छ।

यो आईपीओमा सनराइज क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।