FLASH NEWS

मलेसियाको संसदले खारेज गर्यो अनिवार्य मृ’त्युदण्डको ब्यवस्था, झन्डै १४ सय कैदीको ज्यान जोगिने सक्ने


नेपाल आवाज २१ चैत्र २०७९, मंगलवार ११:४३ मा प्रकाशित १५२५ पाठक संख्या

क्वालालम्पुर, २१ चैत । मलेसियाको संसद्ले अनिवार्य मृ’त्युदण्डको सजाय हटाउने पक्षमा मतदान गरेको छ ।


मृ’त्युदण्डको अन्त्यका लागि गत हप्ता संसदमा दर्ता भएका दुई वटा विधेयकलाई बहुमतले पारित गरे पछि अनिवार्य मृ’त्युदण्डको सजायको ब्यवस्था खारेज भएको हो ।

बिबिसीका अनुसार मलेसियन संसद्ले पारित गरेको ति बिद्येयकहरु ऐनका रुपमा कार्यान्वयनमा आएसँगै ह’त्या, आ’तङ्कवादसहित ११ प्रकारका गम्भीर अपराधमा दिइने अनिवार्य मृ’त्युदण्डको सजाय अब हटेको छ । तर, असाधारण घटनाहरूमा भने मृ’त्युदण्डको आदेश दिनका लागि न्याधीशहरूले पाइरहेको स्वविवेकीय अधिकार भने कायमै राखिएको छ ।

मलेसियामा ३४ वटा अपराधमा मृ’त्युदण्ड दिने व्यवस्था रहेकोमा ११ वटामा भने अनिवार्य मृ’त्युदण्ड दिइने गरिन्थ्यो । नयाँ कानुन निमार्णसँगै अब त्यो हटेको छ ।

मलेसियाका बिभिन्न अदालतको फैसाला पछि मृ’त्युदण्ड तोकिएका एक हजार तीन सय ४१ जना कैदीहरू हाल मृ’त्युदण्डको पर्खाइमा रहेको मलेसियन समाचार संस्थाहरुले जनाएका छन । नयाँ कानुन निमार्ण भएसँगै अब उनीहरूको ज्यान जोगिनसक्ने वाटो खुल्ला भएको छ । जसअनुसार यसअघि नै मृत्युदण्डको फैसला सुनाइएका तर सजाय पाउन बाँकी कैदीहरुले अब ९० दिनभित्र सजायबारे पुनरावेदन माग गर्ने समयसमेत पाउने व्यवस्था गरिएको छ ।

अझैसम्म मृ’त्युदण्डको सजाय दिइने विश्वका ५३ देशहरूमध्ये मलेसिया पनि एक हो ।