FLASH NEWS

नाबालिगमाथि सामूहिक ब’लात्कार गर्ने दुईजना पक्राउ


नेपाल आवाज २१ चैत्र २०७९, मंगलवार १७:३८ मा प्रकाशित ११५९ पाठक संख्या

काठमाडौं, २१ चैत  । नाबालिगमाथि सामूहिक ब’लात्कारको आरोपमा दुईजना पक्राउ परेका छन् ।


काठमाडौं उपत्यका अपराध अनुुसन्धान कार्यालयले मंगबार अपरान्ह जारी गरेको विज्ञप्तिअनुसार ग्राण्डी अस्पताल नजिक रहेको गेष्ट हाउसमा लगेर सामूहिक ब’लात्कार गरेको आरोपमा दुईजनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–३ घर भई हाल काठमाडौंको टोखा नगरपालिका–६ धापासी बस्ने २१ वर्षाीय  आशिष भन्ने निमा तामाङ र काभ्रेपलाञ्चोक महाभारत गाउँपालिका–७ घर भई हाल टोखा–६ धापासी बस्ने २१ वर्षीय कुशल श्रेष्ठ रहेका प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार निमा तामाङले नक्कली फेसबुक आईडी खोलेर पीडितलाई साथी बनाएर भेटघाट गरेका थिएइ । गत ६ फागुनमा तामाङ र श्रेष्ठले ग्राण्डी अस्पताल नजिक रहेको गेष्ट हाउसमा लगेर सामूहिक ब’लात्कार गरेको प्रहरीले जनाएको छ ।

आरोपी दुवैजनालाई सोमबार काठमाडौं उपत्यका अपराध अनुुसन्धान कार्यालयको टोलीले पक्राउ गरी थप अनुसन्धान र कारबाहीका लागि प्रहरी वृत्त महाराजगञ्ज पठाइएको प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए ।