FLASH NEWS

सेती खोंचमा खसेर एक बालिकाको मृत्यु


नेपाल आवाज २ बैशाख २०८०, शनिबार २३:२९ मा प्रकाशित १९०३ पाठक संख्या

कास्की – पोखराको सेती खोंचमा खसेर एक बालिकाको मृत्यु भएको छ । शनिबार पोखरा–१५ स्थित सीताराम पुलनेरको चिरा परेको जमिनमा १२ वर्षीया स्मृति पराजुली खसेकी थिइन् । उनको उद्धार गरेपनि अस्पतालले मृत घोषित गरेको प्रहरीले जनाएको छ ।


पोखरा ८ नागढुंगा बस्ने पराजुली साथीहरुसँग घुम्नका लागि सो ठाउँ पुगेको बताइएको छ । शनिबार दिउँसो ३ बजेतिर उनी सेती खोंचमा खसेको कास्की प्रहरीले जनाएको छ । ती बालिका खसेसँगै जनपद र सशस्त्र प्रहरीको टोली उद्धारमा खटेका थिए । उनलाई ५ बजेतिर उद्धार गरिएको थियो ।