FLASH NEWS

रविजीलाई रोजेकै मन्त्रालय दिन सकिँदैन : प्रधानमन्त्री


नेपाल आवाज १८ बैशाख २०८०, सोमबार १२:४९ मा प्रकाशित ९९१ पाठक संख्या

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रोजेकै मन्त्रालय दिन नसकिने बताएका छन् । चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै प्रचण्डले यस्तो बताएका हुन्  ।


अहिले रोजेको मन्त्रालय दिन सजिलो नरहेको भन्दै उनले अहिले रवि लामिछानेले रोजेको मन्त्रालय दिन नसक्ने स्पष्ट पारेका हुन् ।

‘उहाँले स्वभावैले पहिलाको मन्त्रालय खोज्नु अस्वभाविक चाहिँ होइन । मलाई लाग्दैन उहाँ त्यसमै अडिग हुनु हुन्छ । तर अहिले उहाँले रोजेकै मन्त्रालय दिने अवस्था छैन । मैले यता गठबन्धनमा पनि सल्लाह गर्नुपर्छ । हामी सल्लाह गरेर टुङ्गो लगाउँछौँ । रोजेकै मन्त्रालय दिने भन्ने कुरा त्यति सहज छैन,’ प्रधानमन्त्रीले भने ।

लामिछानेले यही मन्त्रालय चाहिन्छ भनेर दाबी नगरेको पनि प्रचण्डले बताएका छन् । मन्त्रालय नपाएकै खण्डमा रास्वपाले सरकारको समर्थन फिर्ता नलिने विश्वास प्रधानमन्त्री प्रचण्डको छ ।