FLASH NEWS

बागमती प्रदेश : मुख्यमन्त्री जम्कट्टेलले गरे मन्त्रिपरिषद विस्तार


नेपाल आवाज ७ जेष्ठ २०८०, आईतवार १७:१३ मा प्रकाशित १९१५ पाठक संख्या

काठमाडौं –  बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद विस्तार गरेका छन् । आज उनले नेपाली कांग्रेसबाट ४ र नेकपा एकीकृत समाजवादीबाट २ मन्त्री नियुक्त गरेका हुन् ।


आज नियुक्त हुनेहरुमा नेपाली कांग्रेसबाट पुकार महर्जनलाई पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय, मसिना खड्कालाई वन तथा वातावरण, उत्तम जोशीलाई स्वास्थ्य मन्त्रालय र रामकृष्ण चित्रकारलाई विनाविभागीय मन्त्री नियुक्त गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । मन्त्रालयको संख्या १० वटा मात्रै भएपछि चित्राकारलाई विना विभागीय मन्त्री बनाइएको हो।

नेकपा एकीकृत समाजवादीबाट डा. राजेन्द्रमान श्रेष्ठलाई कृषि तथा पशुपन्छी मन्त्रालय र लक्ष्मण लम्साललाई श्रम, रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

नवनियुक्त मन्त्रीहरूलाई अहिले केहीबेरमा सपथ ग्रहण गराइने तयारी गरिएको छ । बागमतीमा गत पुस २५ गते माओवादी केन्द्रका जम्कट्टेल नेकपा एमाले र राप्रपाको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए।