FLASH NEWS

प्रेस युनियन कास्कीको अध्यक्षमा बासुदेव मिश्र


नेपाल आवाज ९ जेष्ठ २०८०, मंगलवार ०६:३८ मा प्रकाशित २१३१ पाठक संख्या

पोखरा – प्रेस युनियन कास्कीको अध्यक्षमा बासुदेव मिश्र चयन भएका छन्।


आइतबार र सोमबार पोखरामा भएको दशौं जिल्ला अधिवेशनले सर्वसम्मत मिश्रको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको हो।

नवगठित समितिको उपाध्यक्षमा विजय लम्साल, उपाध्यक्ष महिलातर्फ ज्योति हमाल, सचिव धनबहादुर गुरुङ, कोषाध्यक्ष निराजन भण्डारी र सहसचिव सपना अधिकारी चयन भएका छन्।

प्रेस युनियन कास्कीको सदस्यहरुमा अजय क्षेत्री, विवेक ढुंगाना, रोवर्ट घिमिरे, सञ्जय आचार्य, शिवप्रसाद न्यौपाने, अभिनन्दन वजिमय, चेतबहादुर थापा, प्रतिमा सापकोटा, देविका तामाङ, सविन विक र बलबहादुर रोकामगर चुनिएका छन्।

अध्यक्ष, उपाध्यक्ष र सचिवमा आकंक्षी धेरै भएपछि आइतबार नेतृत्व चयन हुन सकेको थिएन। सोमबार मतदान हुने कार्यतालिका थियो। अन्तिम समयमा सहमती जुटेर सर्वसम्मत नेतृत्व चयन भएको हो।