FLASH NEWS

रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता


नेपाल आवाज १० जेष्ठ २०८०, बुधबार १८:२१ मा प्रकाशित ३६४९ पाठक संख्या

काठमाडौं – सर्वोच्च अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध अर्को मुद्दा दर्ता भएको छ।


सिन्धुलीका युवराज पौडेल सफलले सांसद हुन रविको अयोग्यतासम्बन्धी हालेको रिट सर्वोच्च अदालतले दर्ता गरेको हो। लामिछानेले पुनः नागरिकता प्राप्त गर्ने प्रक्रियामा नै प्रवेश नगरी गत माघ १५ मा नागरिकताको प्रतिलिपि लिएको रिट निवेदनमा जिकिर गरिएको छ ।

सोही प्रतिलिपिका आधारमा लामिछाने चितवन २ मा भएको उपनिर्वाचनमा उम्मेदवार बनेको जिकिर गरिएको छ ।यसअघि सर्वोच्च अदालत प्रशासनले दरपीठ गरिदिएको उक्त रिटलाई न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजालसले दर्ता गर्न आदेश दिएको हो।

यो आदेशसँगै न्यायाधीश श्रेष्ठले आगामी जेठ १७ गतेका लागि पेशी समेत तोकेका छन्।