FLASH NEWS

भ्रष्टाचारको सबै फाइल नखोले सडक आन्दोलदेखि संसद चल्न नदिने ज्ञानेन्द्र शाहीको चेतावनी


नेपाल आवाज १० जेष्ठ २०८०, बुधबार १८:२६ मा प्रकाशित १२४९ पाठक संख्या

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक एवं सांसद ज्ञानेन्द्रबहादुर शाहीले भ्रष्टाचारका सबै फाइल खोलेर छानबिन गरेर कारबाही प्रक्रिया अघि नबढाए संसद चल्न नदिने र सडकमा आन्दोलन हुने चेतावनी दिएका छन् ।


बुधवार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले अख्तियारमा भ्रष्टाचारको फाइलमा धुलो लागेर बसेकाले अब ती फाइल खोलेर छानबिन गरी कारबाही प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकर्षण गराउँदै सो चेतावनी दिएका हुन् ।

कर्णालीको विकासका लागि पैसा नभएको जवाफ दिने सरकारले ती भ्रष्टाचारको फाइल खोलेर दोषीबाट पैसा असुलेर राज्यको कोषमा दाखिला गर्नुपर्ने सांसद शाहीले बताए ।

यदि भ्रष्टाचारको सबै फाइल खोलेर छानबिन र कारबाही प्रक्रिया अघि नबढाए सदन र सडकबाट संघर्ष गर्ने भन्दै उनले सदन पनि चल्न नदिने चेतावनी दिए ।