FLASH NEWS

जिल्ला होटल संघ धादिङले ‘अघोषित लोडसेडिङ’ बन्द गर्न माग


नेपाल आवाज १५ जेष्ठ २०८०, सोमबार ०७:२२ मा प्रकाशित १९७५ पाठक संख्या

मलेखु – जिल्ला होटल संघ धादिङले अघोषित लोडसेडिङ बन्द गर्न माग गरेको छ । आईतबार जिल्ला होटल संघ धादिङका अध्यक्ष राम शरण सिलवाल नेतृत्वको टोलीले अघोषित लोडसेडिङले होटेल व्यावसायीहरु अत्यधिक मारमा परेको भन्दै सहज विद्युत आपूर्तिको व्यवस्था गर्न माग गर्दै नेपाल विद्युत प्राधिकरण जिल्ला शाखा धादिङलाई ज्ञापन पत्र बुझाएको हो ।


बिगत ३/४ महिना अघिदेखि बिद्युत प्राधिकरणबाट दैनिक रुपमा अघोषित लोडसेडिङ भइरहेको र पटक पटक अघोषित लोडसेडिङको कारणले मुख्य त होटेल व्यावसायीहरु अत्यधिक मारमा परेको जनाएको छ ।

२४ घन्टा फृजमा राख्नुपर्ने कच्चापदार्थहरु धेरै मात्रामा नोक्सानि हुनुका साथै पटक पटक बिद्युत आउने जाने भइरहदा हाई भोल्टेजको कारण बिद्युतिय उपकरणहरुमा ठुलो क्षती पुगेकोले व्यावसायीहरुको क्षती न्यूनीकरण गर्नको लागि पटक पटक भईरहने अघोषित लोडसेडिङ अन्त्य गराउन ज्ञापन पत्रमा भनिएको छ ।

साथै बिद्युत बन्द गर्नुपर्ने अवस्थामा पूर्व सूचना जारी गरि बिद्युत आपूर्ति बन्द गर्न पनि अनुरोध गरेको छ ।