FLASH NEWS

सैनिक मञ्चमा यसरी मनाइयो गणतन्त्र दिवस


नेपाल आवाज १५ जेष्ठ २०८०, सोमबार १०:४५ मा प्रकाशित १०८१ पाठक संख्या

काठमाडौं – सोहौँ गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरी सोमबार देशभर मनाइँदैछ। जनआन्दोलन ०६२ र ६३ को जगमा गणतन्त्र घोषणा भएको दिनको स्मरणमा हरेक वर्ष जेठ १५ गते देशभर गणतन्त्र दिवस मनाइन्छ।


यसै क्रममा राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा गणतन्त्र मूल समारोह समितिद्वारा आजै बिहान विशेष समारोह आयोजना गरी गणतन्त्र दिवस भव्यरूपमा मनाइएकाे छ।

समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकल दाहाल ‘प्रचण्ड’लगायतको उपस्थिति थियाे।

नेपाली सेनाको हेलिकप्टरबाट पृष्पवृष्टिसहित कार्यक्रमकाे शुभारम्भ गरिएकाे थियाे।

दिवसका उपलक्ष्यमा विभिन्न राजनीतिक दलका प्रमुखले गणतन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन्।

जननिर्वाचित पहिलो संविधानसभाबाट विंस २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो।