FLASH NEWS

मन्त्री सवार गाडी दुर्घटना: दुईजना घाइतेको मृत्यु (अपडेट)


नेपाल आवाज ५ असार २०८०, मंगलवार १६:५० मा प्रकाशित १५६१ पाठक संख्या

काठमाडौं –  बझाङमा सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री सवार गाडी दुर्घटना हुँदा घाइते भएका दुईजनाको मृत्यु भएको छ ।


आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंह सवार गाडी दुर्घटना हुँदा घाइते भएका उनकी श्रीमती अमृतादेवी सिंह र भाउजू जयादेवी सिंहको मृत्यु भएको हो ।

मन्त्री सिंहको अवस्था पनि गम्भीर रहेको छ । घाइते मन्त्री सिंह, उनका पीएसओ सहायक प्रहरी हवल्दार दीपक भण्डारी र गाडी चालक घर्मराज जोशीलाई उपचारका लागि नेपालगन्ज लगिएको छ ।

प्रदेश सरकारको सुपप्र. ०१००१ झ ४८० नम्बरको मन्त्री सवार गाडी मंगलबार डडेल्धुराबाट बझाङ जाने क्रममा जयपृथ्वी राजमार्गको बागथलाको धारछडा भने स्थानमा दुर्घटना भएको हो।

गाडी सडकबाट करिब ५० मिटर तल कालङ्गा नदी किनारमा खसेको हो।

यो पनि पढनुहोस् : दुर्घटना अपडेट : गम्भीर घाइते कानूनमन्त्रीसहित तीन जनालाई हेलिकोप्टरबाट नेपालगञ्ज लगियो

सुदूरपश्चिमका कानुनमन्त्री सवार गाडी दुर्घटना, ५ जना घाइते