FLASH NEWS

ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका ३ जनालाई आजै छाड्ने तयारी


नेपाल आवाज १२ असार २०८०, मंगलवार १९:३६ मा प्रकाशित २१५५ पाठक संख्या

काठमाडौं – ललिता निवास जग्गा अनियमितता प्रकरणमा पक्राउ परेकामध्ये ३ जनालाई प्रहरीले आजै छाड्ने तयारी गरेको छ।


पक्राउ परेकामध्ये ३ जनाले अदालतबाट पक्राउ नगर्न भनि आदेश लिइसकेको पाइएपछि छाड्ने तयारी भएको प्रहरी स्रोतले बताएको छ।

स्रोतका अनुसार मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, भूपेन्द्रमणि केसी र सुरेन्द्रमान खपालीले अदालतबाट आदेश लिइसकेको प्रमाण पेश गरेका छन्।

अदालतले उनीहरुको पक्षमा पहिल्यै पक्राउ नगर्नू नगराउनू भनी आदेश जारी गरिसकेको खुलेको  स्रोतले जनाएको छ। उनीहरुलाई थुनाबाहिरै राखेर अनुसन्धान गरिने भएको छ।

सीआईबीले मंगलबार बिहानदेखि अपरेशन चलाएर ललितानिवास जग्गा प्रकरणमा संलग्नको आरोप लागेका ७ जनालाई पक्राउ गरेको थियो ।

प्रहरीले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह, मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन कर्मचारी कलाधर देउजा,भूपेन्द्रमणि केसी,सुरेन्द्रमान खपाली,धर्मप्रसाद गौतम र गोपाल कार्कीलाई पक्राउ गरेको थियो ।

तीमध्ये कपाली, देउजा र केसीको नाममा अदालतले पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको पाइएको हो ।