आज: | Thu, 21, Sep, 2023
FLASH NEWS

बजेटको पक्षमा भोट हाल्ने एकीकृत समाजवादीको निर्णय


नेपाल आवाज १३ असार २०८०, बुधबार ११:५० मा प्रकाशित ६७३ पाठक संख्या

काठमाडौं – नेकपा एकीकृत समाजवादीले बजेटको पक्षमा मत दिने निर्णय गरेको छ । बुधबार बिहान बसेको संसदीय दलको बैठकले बजेट पारितमा अवरोध नगर्ने निर्णय गरेको हो ।

बैठकले बजेटको पक्षमा मतदान गर्ने निर्णय गरेको पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए।

‘संसदीय दलको बैठकले बजेटको पक्षमा भोट हाल्ने निर्णय गरेको छ,’ उनले भने, ‘हामीले बजेट निर्माणको प्रक्रिया र असन्तुलनको बारेमा आफ्नो कुरा राखेर बजेटको पक्षमा मतदान गर्छौँ ।’

आज बजेटको पक्षमा मतदान गर्न तयार भएको समाजवादीले यथास्थितिमा बजेट ल्याए सरकार छाड्न तयार रहेको अडान लिँदै आएको थियो।

पार्टी अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष पाण्डेलगायतले बजेट असन्तुलित भएको भन्दै विरोध जनाउँदै आएका थिए ।

बजेट डडेलधुरा, गोरखा र नुवाकोट गरी तीन जिल्लामा मात्र केन्द्रित भएको समाजवादीको आरोप थियो।

आज प्रतिनिधिसभामा बजेट पारित गर्ने कार्यसूची रहेको छ ।