FLASH NEWS

पहिरो हटाएसँगै खुल्यो नारायणगढ–मुग्लिन सडकखण्ड


नेपाल आवाज १६ असार २०८०, शनिबार १५:५५ मा प्रकाशित १९२१ पाठक संख्या

मुग्लिन- पहिरो पन्छाएसँगै नारायणगढ–मुग्लिन सडकखण्ड सुचारु भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तुइन खोला,मौरी पुल र टोपे खोला नजिक खसेको पहिरो हटाएसँगै अपरान्ह ३:१५ बजेबाट दुई तर्फी सुचारु भएको हो ।


पहिरो हटाएसँगै रोकिएर राखिएका सवारी साधनलाई गन्तव्यतर्फ पठाउने काम भइरहेको ईलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरिक्षक विशाल तामाङले जानकारी दिए।

बेला बखत वर्षा भइरहेको र ठाउँठाउँमा माथिबाट ढुंगा झर्न अझै पनि नरोकिएकोले सवारि साधन सावधानीका साथ चलाउन प्रहरीले अनुरोध गरेको छ ।

पहिरो झरि सडक अबरुद्ध भईरहने हुनाले उक्त स्थानमा अपरेटर सहितको मेशिन तैनाथ रहेको छ ।

काठमाडौं भित्रिने र बाहिरिने मुख्य लाइफलाइन मानिएको यो सडकखण्ड हुँदै दैनिक औसतमा १० हजारभन्दा धेरै सवारीसाधन आवतजावत गर्छन् । बाटोको अवस्था हेरि सुरक्षित यात्रा गर्न प्रहरीले सबैमा अनुरोध गरेको छ ।