FLASH NEWS

सीता दाहालको शव आर्यघाट लगियो


नेपाल आवाज २७ असार २०८०, बुधबार १४:१७ मा प्रकाशित २०८३ पाठक संख्या

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको शव अन्तिम संस्कारका लागि पुशपति आर्यघाट लगिएको छ ।


१ः ३० बजेसम्म पार्टी कार्यालय पेरिसडाँडामा श्रद्धाञ्जलीका लागि राखिएको दाहालको शव केहि बेरअघि पशुपति लगिएको हो ।

दाहाललाई श्रद्धाञ्जली दिन विभिन्न दलका शीर्ष नेता,कूटनीतिक नियोगका अधिकारी, सुरक्षा प्रमुखहरु लगायत नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडा पुगेका थिए ।

उनको आजै बिहान कार्डियाक अरेस्टका कारण नर्भिक अस्पतालमा निधन भएको थियो । पशुपतिस्थित आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्तिम संस्कार गरिने छ ।

आर्यघाटमा अन्तिम संस्कारको तयारी भएसँगै अहिले सयौँ सर्वसाधारण पनि जम्मा भइसकेका छन्।