FLASH NEWS

प्रधानमन्त्री पत्नी दाहालको निधनमा राप्रपा अध्यक्ष लिङ्देनद्वारा दुःख व्यक्त


नेपाल आवाज २७ असार २०८०, बुधबार २३:२८ मा प्रकाशित १४२३ पाठक संख्या

काठमाडौं – राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । अध्यक्ष लिङ्देनलेआज एक विज्ञप्ति जारी गर्दै स्वर्गीय दाहालप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको हो ।


उहाँद्वारा जारी विज्ञप्तिमा भनिएको छ “ सम्माननीय प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी जीवन संगिनी सीता दाहालको निधनको खबरले दुस्खी भएको छु। दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । प्रधानमन्त्री दाहाल र शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु। जीवनका अनेकौं आरोह अवरोहमा अनवरत र अटुट साथ पाउनुभएका प्रधानमन्त्री दाहाललाई आफ्नो प्रिय जीवनसंगिनीको निधनबाट पुगेको क्षति अवर्णीय छ । उहाँलाई धैर्यधारण गर्ने शक्ति प्राप्त होस्, हार्दिक समवेदना।”

विज्ञप्तिमा पत्नी वियोगमा रहनुभएका प्रधानमन्त्री दाहाललगायत शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गरिएको छ । नर्भिक अस्पतालमा आज बिहान ८ः३३ मा ६९ वर्षको उमेरमा दाहालको निधन भएको थियो ।