FLASH NEWS

पत्नी शोकमा परेका प्रधानमन्त्रीको औपचारिक कार्यक्रम तीन दिन स्थगित


नेपाल आवाज २८ असार २०८०, बिहीबार १३:३४ मा प्रकाशित १३१५ पाठक संख्या

काठमाडौं – पत्नी शोकमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको औपचारिक कार्यक्रम तीन दिन स्थगित गरिएको छ ।


बुधबार पत्नी सीताको निधन भएपछि शोकमा परेका प्रधानमन्त्री प्रचण्डले ३० असारसम्म कुनैपनि औपचारिक गतिविधिमा सहभागी हुने छैनन् ।

प्रधानमन्त्रीले बालुवाटारमा श्रद्धाञ्जली र समवेदना दिन आउनेहरूसँग मात्रै भेटघाट गर्नेछन् । उनी सिंहदरबार पनि नजाने बताइएको छ ।

समवेदना साट्न आउनेहरुसँग यो अवधिमा बिहान ८ देखि ११ र साँझ ४ देखि ६ बजेसम्मको समय तोकिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।