FLASH NEWS

‘फरक–फरक प्रकारका कानुन एउटै विधेयकमा हालेर सरकारको कार्यशैलीमा बचपना देखियो’:सोविता गौतम


नेपाल आवाज ३१ असार २०८०, आईतवार १७:४५ मा प्रकाशित १०८७ पाठक संख्या

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८० ले देवानी, फौजदारी, प्रशासनिक फरक–फरक प्रकारका कानुनहरु हालेर सरकारले बचपना देखाएको बताएकी छिन्।


प्रतिनिधिसभाको आइतबारको बैठका बोल्दै सांसद गौतमले यो विधेयकमा सार्वभौमिकता, अखण्डता र शान्ति सुरक्षालाई चुनौति दिने दफाहरु पनि प्रस्तुत भएकाले यसप्रति आशंकाहरू उब्जिएका बताइन्।

‘सरकारले देवानी प्रकृतिका, फौजदारी प्रकृतिका, प्रशासनिक प्रकृतिका लगायत नितान्त फरक–फरक प्रकारका कानुनहरु पनि एउटै विधेयकमा हालेर सरकारको कार्यशैलीमा कति बचपना छ भन्नेकुरा देखाएको भान हुन्छ,’ उनले भनिन्, ‘डरलाग्दा नेपालको सार्वभौमिकता, अखण्डता र शान्ति सुरक्षालाई चुनौती दिने दफाहरु पनि प्रस्तुत गरेका छन्।’

सरकारले यस्ता डरलाग्दा कानुनहरू नियतवश पारित गराउनुले शंका उब्जिएको बताइन्।

‘सरकारले यस्ता डरलाग्दा कानूनहरु पास गराउन नियतवश नै यस्ता प्रकारका कानूनहरु एउटै विधेयकमा हालेर लिएर आएको हो कि भन्नेपनि आशंका उब्जिन्छ,’ उनले भनिन्।