FLASH NEWS

सुन तस्करी प्रकरणः चिनियाँ नागरिकको गोदाममा राजश्व अनुसन्धान विभागको छापा


नेपाल आवाज ४ श्रावण २०८०, बिहीबार २०:२४ मा प्रकाशित १३५७ पाठक संख्या

काठमाडौं – सुन तस्करको आशंका गरिएका चिनियाँ नागरिकको राजधानीस्थित गोदाममा राजश्व अनुसन्धान विभागको टेलीले छापा हानेको छ ।


चिनियाँ नागरिक  लिङ चुवानको बालुवाटारस्थित कार्यालयमा राजश्वको टोलीले छापा हानेको हो । उनको गोदाम समेत भनिएको उक्त कार्यालयलाई शिलबन्दी गरेर अनुसन्धान सुरु गरिएको राजश्वका एक उच्च अधिकृतले बताए ।

ती अधिकारीले १०० किलो सुन तस्करीमा चिनियाँ नागरिक लिङको संलग्नता आशंका गरिएको छ ।

चीन भाग्न लागेका लिङ चुवानलाई बिहीबार नै विमानस्थल अध्यागमनबाट पक्राउ गरिएको थियो ।  विभागका महानिर्देशक झलकराम अधिकारीले राजश्वको पत्राचारका आधारमा उनलाई पक्राउ गरिएको बताए ।

‘चिनियाँ नागरिकबारे शंका लागेको हुनाले नियन्त्रण गरिदिन आग्रह भएको थियो’ महानिर्देशक अधिकारीले भने, ‘ती चिनियाँलाई राजस्व अनुसन्धान विभागको जिम्मा लगाएका छौँ ।’

बुधवार साँझ विमानस्थल भन्सार कार्यालय बाहिरबाट करिब १ क्विन्टल सुन बरामद भएको थियो । सुन राष्ट्र बैंकको टक्सार महाशाखामा जोख्न प्रक्रिया थालिएको छ ।