FLASH NEWS

केही नेपाल ऐन संशोधन गर्ने विधेयक तत्काल खारेज गर्न शेखर कोइरालाको माग


नेपाल आवाज ७ श्रावण २०८०, आईतवार १५:१७ मा प्रकाशित ११८३ पाठक संख्या

काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले केही नेपाल ऐन संशोधन गर्ने विधेयक तत्काल खारेज गर्न माग गरेका छन् ।


जारी केन्द्रीय समिति बैठकमा उनले नीतिगत रुपमै कानुन बनाएर दण्डहीनतालाई प्रश्रय हुुुनेगरी ल्याएको उक्त विधेयक खारेज लिन माग गरेका हुन् । कांग्रेस उपाध्यक्ष तथा कानुनमन्त्री धनराज गुरुङले ल्याएको उक्त विधेयक तत्काल खारेज लिन कोइरालाले माग गरेका हुन् ।

राजनीतिक दल वा समूहका नाममा जस्तासुकै अपराधीलाई उन्मुक्ति दिने कुरा कांग्रेसको मूल्य मान्यताविपरीत भएको उनको भनाइ छ ।