आज: | Wed, 06, Dec, 2023
FLASH NEWS

अन्य मुलुक जानेले २५ सय डलरसम्म रकम लैजान पाउने


नेपाल आवाज ७ श्रावण २०८०, आईतवार १५:३४ मा प्रकाशित ११८९ पाठक संख्या

काठमाडौं – अब भारतबाहेक अन्य मुलुक जानेले २५ सय डलरसम्म रकम लैजान पाउने भएका छन् । राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को लागि मौदिक नीति सार्वजनिक गर्दै यस्तो व्यवस्था गरेको हो ।

नीतिमा उल्लेख छ, ’भारतबाहेक अन्य मुलुकहरूको भ्रमणमा जाने नेपाली नागरिकहरूलाई राहदानी सुविधाबापत एक वर्षमा दुई पटकसम्म २५ सयसम्म उपलब्ध गराइने व्यवस्था गरिनेछ।’

हाल अमेरिकी डलर १५ सयसम्म सटही सुविधा उपलब्ध थियो ।