FLASH NEWS

सुन प्रकरणबारे गृहमन्त्रीले संसदलाई जानकारी गराउनुपर्ने राप्रपाको माग


नेपाल आवाज १० श्रावण २०८०, बुधबार ११:५२ मा प्रकाशित १४६५ पाठक संख्या

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गृहमन्त्रीले पछिल्लो सुन प्रकरणबारे संसदलाई जानकारी गराउनुपर्ने बताएको छ ।


राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले  सुन प्रकरणमा सही छानबिन आवश्यक रहेको बताए ।

उनले भने,‘राजीनामा होइन, सही ढंगले छानबिन गरेर अगाडि जानुपर्छ, ‘हामी संसदमा सुन प्रकरणबारे जानकारी माग गर्दछौं । गृहमन्त्रीको जवाफ माग्छौं ।’

प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । उक्त बैठकमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक क्वीन्टल अवैध सुन बाहिरिएको घटनाका सन्दर्भमा राप्रपाले गृहमन्त्रीसँग जानकारी माग गर्ने भएको हो । राप्रपाले गृहमन्त्रीले पछिल्लो सुन प्रकरणबारे संसदलाई जानकारी गराउनुपर्ने बताएको छ ।