FLASH NEWS

सुन काण्डको उचित छानविन गरेर जरासम्म पुग्न सरकारलाई लिङ्देनको आग्रह


नेपाल आवाज १० श्रावण २०८०, बुधबार १६:४१ मा प्रकाशित १०८७ पाठक संख्या

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका (राप्रपा)का अध्यक्ष एवं सांसद राजेन्द्र लिङ्देनले सुन प्रकरणमा उचित छानविन गरेर निकासको लागि जरासम्म नै पुग्नु पर्ने बताएका छन् ।


बुधबार संसद बैठकमा बोल्दै उनले सरकार कुनै पनि प्रकरणमा जरैसम्म पुग्न नखोजेको आरोप लगाए । उनले भने, ‘१ क्विन्टल सुन भित्रिनु समान्य विषय होइन । समाजलाई ठीक दिशामा ल्याउनको लागि पनि यसको उचित छानविन र उचित निकासको जरा सम्म पुग्नु पर्छ । भुटानी शरणार्थीको कुरा गरौं ललिता निवास जग्गा प्रकारणको कुरा गरौं कही पनि जरा सम्म पुग्न सकेका छैनौं । सरकार जरा सम्म पुग्न समेत अग्रसर भएको छैन् । ’

लिङ्देनले नेपाल सुन तस्करको ट्रान्जिट पोइन्ट बनिरहेको तर्फ सचेत हुनु पर्ने पनि बताए । उनले भने, ‘के हो कुनै वाह्य दवाव र कसैलाई देखाउनको लागि मात्र यो १ ट्रिप सुन पक्रने काम भएको हो । हामीलाई आएको सूचना अनुसार यो आकस्मिक रुपमा पक्रिएको अथावा सरकारले आकस्मिक पक्रेको हो । नेपाल सुन तस्करको ट्रान्जिट पोइन्ट बनिराखेको छ । केही भरियालाई पक्रेर सुन तस्करका नाइकेहरुलाई संरक्षण दिने जोगाउने र हामीले यति त गर्‍यौँ नी भन्ने काम नगरोस । ’