FLASH NEWS

ललिता निवास प्रकरणमा पक्राउ परेकालाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति


नेपाल आवाज १० श्रावण २०८०, बुधबार १६:४५ मा प्रकाशित १२६७ पाठक संख्या

काठमाडौं – ललिता निवास प्रकरणमा पक्राउ परेकाहरुलाई थप ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।


जिल्ला अदालत काठमाडौंले बुधबार ललिता निवास प्रकरणमा पक्राउ परेका भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहितका आरोपीलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

यो प्रकरणमा हालसम्म २२ जना पक्राउ परिसकेका छन् । सीआईबीले ललिता निवास प्रकरणमा जोडिएका विरुद्ध मुलुकी ऐन २०२० को किर्तेसम्बन्धी महलमा अनुसन्धान गर्न अदालतबाट अनुमति पाएको थियो ।

उनीहरुलाई संगठित अपराधको कसूरमा अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले ७ दिनको म्याद दिएको छ । जिल्ला अदालतले संगठित अपराधको कसुरमा अनुसन्धानका लागि हिरासतमा राख्न सात दिन म्याद थप गरेको हो ।

म्याद थप हुनेहरुमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, सचिव कृष्णबहादुर राउत, पूर्व निर्वाचन आयुक्त सुधीर शाह, मालपोतका तत्कालीन कर्मचारी धर्मप्रसाद गौतम, गोपाल कार्की, तत्कालीन वडा सचिव शिवजी भण्डारी, नापी सर्वेक्षक घमनकुमार कार्की र मोही बाबुराम महर्जनलगायतका २२ जना छन् ।