FLASH NEWS

लालबहादुर बिकले पाए उच्च अदालतबाट सफाइ


नेपाल आवाज १६ श्रावण २०८०, मंगलवार १९:४३ मा प्रकाशित १६५७ पाठक संख्या

विराटनगर – बिना इजाजत बैंक तथा वित्तीय कारोबार र ठगी गरेको आरोपमा जेल परेका लाल बहादुर विश्वकर्माले सफाइ पाएका छन् । उच्च अदालत विराटनगरले लालबहादुर विश्वकर्मासहितका तीन जनालाई सफाइ दिएको हो ।


मंगलबार उच्च अदालत विराटनगरका न्यायाधीशद्वय विपुल न्यौपाने र मिलनकुमार राईको संयुक्त इजलासले विश्वकर्मालाई बिना इजाजत बैंक तथा वित्तीय कारोबार र ठगीको दुवै मुद्दामा सफाइ दिएको हो ।

लालबहादुरलाई जिल्ला अदालत सुनसरीले गत पुसमा डेढ वर्ष कैद, ७० हजार रुपैयाँ जरिवाना र झण्डै तीन करोड रुपैयाँ बिगो भराउने फैसला गरेको थियो ।

जिल्ला अदालतको फैसलाले उनलाई अन्याय भएको भन्दै चौतर्फी आलोचना भएको थियो । यो आदेशपछि विगत ७ महिनादेखि हिरासतमा रहेका लालबहादुर बिक रिहा हुने भएका छन् ।

बिना इजाजत बैंक तथा वित्तीय कारोबारमा भने कृष्णबहादुर विश्वकर्मा गजमेर र सीता विश्वकर्मालाई पनि सफाइ दिइएको छ ।