FLASH NEWS

संखुवासभा कारागारमा कैदीबन्दीबीच कुटाकुट, दुई जनाको मृत्यु


नेपाल आवाज २४ श्रावण २०८०, बुधबार ११:५९ मा प्रकाशित १३५७ पाठक संख्या

संखुवासभा – जिल्ला कारागार संखुवासभामा कैदीबन्दीबीच कुटपिट हुँदा दुई जनाको मृत्यु भएको छ ।


मृत्यु हुनेमा नुवाकोटको ककनी–७ घर भएका आकाश बलामी र संखुवासभाको मादी घर भएका बिनोद तोलांगी रहेका छन् ।

बिनोदलाई जबरजस्ती करणी मुद्दामा १८ वर्ष जेल सजायँ तोकिएको थियो भने आकाश चोरी मुद्दामा तीन वर्षका लागि जेल सजाय भोगिरहेका थिए ।

आज बिहान कारागारभित्र झडप हुँदा उनीहरु घाइते भएको र अस्पताल लैजाने क्रममा मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेले जानकारी दिए ।

कारागारको शौचालयको झ्याल काटेर भाग्न खोजेपछि उनीहरूलाई प्रहरी र कारागार प्रशासनले नियन्त्रणमा लिएको थियो ।

नियन्त्रणमा लिएलगत्तै उनीहरूलाई कारागारभित्र राखिएको र केहीबेरमा कैदीबन्दीबीच कुटाकुट हुँदा उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

घटनाको थप अनुसन्धान भइरहेको छ । घटनापछि जिल्ला कारागार परिसरमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।